dcsimg

गोमायु महाचील ( Nepali )

provided by wikipedia emerging languages

गोमायु महाचील नेपालमा पाइने चिलको एक प्रजाति हो । यो चरा युरोप तथा मध्य एसियाको रैथाने प्रजति हो। यसलाई अङ्ग्रेजीमा स्टेप इगल (Steppe Eagle) भनिन्छ।

विबरण

गोमायु महाचील लगभग ६२ देखि ८१ सेन्टिमिटर (२४-३२ इन्च) लामो तथा पंखेटा फिजाउँदा १.६५ देखि २.१५ मिटर (५.४-७.१ फिट) लामो तथा भालेको तौल २ देखि ३.५ किलोग्राम (४.४-७.७ पाउण्ड) र पोथीको तौल २.३ देखि ४.९ किलोग्राम (५.१- १०.८ पाउण्ड) हुन्छ। यो महाचील जीवहार र लघु महाचीलको भन्दा बढी चौडा र लाम पखेटाहरू जसको प्रष्ट र फैलिएको पङ्खाऔँलाहरू साथै बढी बाहिर निस्किएको टाउको र घाँटी हुन्छ। यो आकाशिदा पखेटाहरू बढी सीधा र हावामा तैरिँदा कुइनामा कम प्रष्ट रूपले कोण परेको हुन्छ। यसको विश्राम गर्दा, प्रष्ट रूपले बढी ठुलो र गठिलो साथै बढी मजबुद ठोँड तथा खुकुलो सुरुवाल हुन्छ। वयस्क लघु र जिवहार महाचीलबाट पखेटाको तल्लो भागको बुट्टा (गाढा पृष्ट पङ्खधार, पखेटामा प्रष्ट तर्सा धर्साहरू, कुइनातिर अस्पष्ट, नगन्य फिक्का खुर्पाकार चिन्ह), फिक्का कैलो गर्दनटाटो र चिउँडो आदि ढाँचाहरूले यसको वयस्क फरक देखिन्छ। बच्चा गोमायु महाचीलको तल्लो पखेटा वारपार नै चौडा सेतो धर्सा, माथिल्लो भागमा दुईवटा सेता धर्सा, माथिल्लो पुच्छर ढकनी वारपार सेतो खुर्पाकार, पुराना अल्पवयस्कहरूमा माथिल्लो र तल्लो पखेटामा देखिने धर्साहरुको प्रस्टता धेरै घटेको, यस्ता चराहरू लघु महाचीलसँग धेरै मिल्दाजुल्दा हुन्छन्।

वितरण तथा वासस्थान

गोमायु महाचील रोमानिया देखि पूर्वमा दक्षिण रसिया तथा मध्य एसिया हुँदै नेपाल, मंगोलिया तथा भारतसम्म पाइने गर्छ। यो प्रजाति २२०० मिटर भन्दा तलको भूभागमा पाइने गर्छ। मुख्यतया युरोप तथा मध्य एसियाको रैथाने यो प्रजाति हिउँदको मौसममा बसाई सरेर पश्चिममा अफ्रिका र दक्षिण-पूर्वमा नेपाल तथा भारतसम्म पुग्ने गर्छ। यसले ठुला रूखमा बनाएको गूँडमा १ देखि ३ वटा सम्म अण्डा पार्छ।

 src=
गोमायु महाचीलको अण्डा

सांस्कृतिक महत्व

गोमायु महाचील इजिप्टको राष्ट्रिय पंछी हो र यसको झण्डामा पनि अङ्कित गरिएको पाइन्छ। साथै यो चरालाई कजाख्स्तानको झण्डामा पनि अङ्कित गरिएको पाइन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

गोमायु महाचील: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages

गोमायु महाचील नेपालमा पाइने चिलको एक प्रजाति हो । यो चरा युरोप तथा मध्य एसियाको रैथाने प्रजति हो। यसलाई अङ्ग्रेजीमा स्टेप इगल (Steppe Eagle) भनिन्छ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू